आइतवार, कार्तिक २ गते २०८३

रोहिणीद्वारा भोटेकोशी बाढी पीडितका लागि १६ लाखभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने

सोमवार , भाद्र २२, २०८३

लोकदृष्टि खबर

रुपन्देही, २२ भदौ । भोटेकोशी नदीमा गत १० भदौमा आएको आकस्मिक बाढीका कारण भोटेकोशी र त्रिशूली नदी किनारका बस्तीमा भएको जनधनको क्षतिप्रति रोहिणी गाउँपालिकाले गहिरो समवेदना व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू. १६ लाख ९ सय ४८ जम्मा गर्ने निर्णय गरेको छ।

गाउँपालिकाको कार्यपालिका बैठक तथा कर्मचारी र प्रधानाध्यापकहरूको संयुक्त बैठकबाट यो निर्णय गरिएको हो। बैठकले बाढी प्रभावित क्षेत्रका बेपत्ता र अलपत्र परेका व्यक्तिहरूको शीघ्र खोज तथा उद्धार गरी विपद्मा रहेका आम नागरिकलाई समुदायमा पुनर्स्थापना गर्न नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न आग्रह गर्दै आफ्नो तर्फबाट पनि रकम जम्मा गर्ने निर्णय गरेको हो।

योगदानको विवरण यस प्रकार रगाउँपालिका विपद् व्यवस्थापन कोषबाट रू. ४,५०,०००, अध्यक्ष विद्या प्रसाद यादवबाट रू. ३५,६१९, उपाध्यक्ष शिव कान्ती हरिजनबाट रू. १५,०००, ७ जना वडा अध्यक्षबाट (प्रति व्यक्ति १० हजार) रू. ७०,०००, ६ जना कार्यपालिका सदस्यबाट (प्रति व्यक्ति ५ हजार) रू. ३०,०००, २२ जना वडा सदस्यबाट (प्रति व्यक्ति ३ हजार) रू. ६६,०००, कर्मचारीहरू (स्वास्थ्य सेवासमेत) बाट रू. ७,७५,४९८ र सामुदायिक विद्यालयका शिक्षक/कर्मचारीबाट रू. १,१५,८३१। जम्मा रू. १६,००,९४८ (अक्षरेपी छब्बीस लाख नौ सय अठ्चालीस रूपैयाँ मात्र) जम्मा गरिएको छ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार