शनिवार, कार्तिक १ गते २०८३

भलबारीमा रास्वपा तिलोत्तमा-७ समितिद्वारा दीप प्रज्वलन, रसुवा बाढी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली

सोमवार , भाद्र २२, २०८३

लोकदृष्टि खबर
तिलोत्तमा, भदौ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिलोत्तमा नगरपालिका वडा नं. ७ समितिको आयोजनामा भलबारीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा रसुवा लगायतका जिल्लामा गएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। समितिद्वारा आयोजित उक्त कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।
दीप प्रज्वलन गरी बाढी पीडितहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। कार्यक्रममा पार्टीका प्रतिनिधिहरूले प्राकृतिक विपत्तिका बेला एकता र सहयोगको आवश्यकतामा जोड दिएका थिए।
रसुवाबाट सुरु भएको भोटेकोशी–त्रिशुली बाढीले देशभर ठूलो जनधनको क्षति पुर्‍याएको सन्दर्भमा यस्ता श्रद्धाञ्जली कार्यक्रमहरू विभिन्न स्थानमा आयोजना भइरहेका छन्।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार